गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।
पोखरा महानगरपालिका -१८ खपौदी स्थित फेवातालमा मिसिने हर्पन खोलामा डुबेर पोखरा-५ मालेपाटन बस्ने अन्दाजी १५ वर्षीय बालक सोनाम सुवेदीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोनम डुबेर बेपत्ता भएलगत्तै उनीसँगै पौडी खेल्न गएका अर्का बालक सञ्जय कार्कीले स्थानीय मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।
उनीहरू एसईई दिएर बसेका थिए । साइकलमा खेल्दै खपौदी पुगेका उनीहरू सोनामकै प्रस्तावमा फेवाताल मिसिने ठाउँमा पौडी खेलेका थिए ।
घटनाको जानकारी लगत्तै दिउँसो १ :३० बजे सशस्त्र प्रहरी बल २४ नम्बर कालिका गणबाट खटिएको विपद् उद्धार एवं गोताखोर टोलीले खोज तथा उद्धारको क्रममा २:२० बजे बालकको शव प्राप्त गरेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिए।
हाल मृत शवको पोष्ट मार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग