पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु

पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु

IMG-20240505-WA0001

पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।

पोखरा महानगरपालिका -१८ खपौदी स्थित फेवातालमा मिसिने हर्पन खोलामा डुबेर पोखरा-५ मालेपाटन बस्ने अन्दाजी १५ वर्षीय बालक सोनाम सुवेदीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोनम डुबेर बेपत्ता भएलगत्तै उनीसँगै पौडी खेल्न गएका अर्का बालक सञ्जय कार्कीले स्थानीय मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।

उनीहरू एसईई दिएर बसेका थिए । साइकलमा खेल्दै खपौदी पुगेका उनीहरू सोनामकै प्रस्तावमा फेवाताल मिसिने ठाउँमा पौडी खेलेका थिए ।

घटनाको जानकारी लगत्तै दिउँसो १ :३० बजे सशस्त्र प्रहरी बल २४ नम्बर कालिका गणबाट खटिएको विपद् उद्धार एवं गोताखोर टोलीले खोज तथा उद्धारको क्रममा २:२० बजे बालकको शव प्राप्त गरेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिए।

हाल मृत शवको पोष्ट मार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ