कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ

कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ

Agalagi

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सामुदायिक बनमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार अन्नपूर्ण गाउँपालिका वडा नं -३ मराम्चे स्थित मराम्चे सामुदायिक बनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय अगन्दर पौडेललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सामुदायिक बनमा आगालागी भएको सूचना पश्चात वडा प्रहरी कार्यालय बगरबाट प्रहरीको टोली खटिएपनि ठूलो एरियामा एकैपटक आगालागी भएको हुँदा आगो नियन्त्रणमा लिन सकेको थिएन। पछि, आगो लगाउने व्यक्तिको खोजी गर्दै जाने क्रममा पौडेलले आफ्नै खरबारी पाखोमा घसेटा पोल्न आगो लगाएको र उक्त आगो अनियन्त्रित भइ सामुदायिक बनमा फैलिएको प्रारम्भिक सोधपुछका क्रममा बताएका थिए।

प्रहरी नियन्त्रणमा रहेका उनलाई हाल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ