काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको अभियान चलाइरहेएका नेता बामदेव गौतमले आफू एमालेमा नै आएर काम गर्न चाहेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा नेता गौतमले पार्टी फुटेपछि पार्टी अध्यक्ष केपी ओलीले पहिलो पटक बोलाउँदा आफू नआएको तर दोस्रो पटक बोलाउँदा गएर मलाई के काम जिम्मा दिनुहुन्छ, अरूलाई के जिम्मा दिनुहुन्छ भनेर कुरा राखेको स्मरण गरे । ‘उहाँहरुले भन्नुभयाे हाइ लेबल कमिटीले निर्णय गर्छ तपाईँहरूको बारेमा भन्नुभयो, हाइ लेबल कमिटीले निर्णय कहिले गरेको छ, आजसम्म पर्खेर बसेको छु, झण्डैँ सात आठ महिना भइसक्यो’, गौतमले भने ।
गौतमले मान्छेबाट गल्ती हुने बताउँदै आफूबाट गल्ती कमजोरी भएका र त्यो देखिएका बताए । आफू फेरी आत्मालोचना गरेर पार्टीमा आएको उनको भनाइ छ । ‘अहिले म ७५ वर्षको छु, उहाँले होइन तपाईँ ७६ वर्ष हुनुभयो भन्नुभयो, हो ७६ वर्ष भए पनि ल छु, बढेर के फरक पर्योर झन् राम्रै भयो, मेरो हिसाबले ७५ हो, तपाईँको हिसाबले ७६ वर्ष भयो, तर मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पुरा गर्न सक्छु’, गौतमले भने ।
पार्टी फुटेको बेला आफूलाई चित्त दुखेर कतै पनि नलागेको बताउँदै गौतमले पार्टी मिलाउनको लागि आफूले एउटा फोरम बनाएको स्मरण गराए । तर फुट्ने र फुटेर जाने दुवैले आफैलाई पार्टी फुटायो भन्ने आरोप लगाएका भन्दै उनले गुनासो गरे ।
पार्टी फुटेको बेलामा केपी ओलीले बोलाउँदा आफू एमालेमा नजानु गल्ती भएको गौतमले स्विकारे । केपी ओलीले यस्तो बेलामा बिचमा बस्नु हुँदैन, आउनुस् नत्र तपाईँलाई घाटा लाग्छ भनेको स्मरण गर्दै गौतमले आज त्यही घाटा आफूले बेहोरिरहेको बताए । ‘त्यसैले आज घाटा लागेको छ कमरेड, म त्यस बेला जानु पर्दथ्यो तपाईँले बोलाएको बेलामा’, गौतमले भने ।
पार्टी फुटेको बेला केपी तिर जाँदा प्रचण्डलाई गाली गर्नुपर्ने र प्रचण्डतिर जाँदा केपीलाई गर्नुपर्ने भएकोले आफू कतै जान नसकेको उनले स्पष्टीकरण दिए । ‘त्यस बेला पार्टी फुटाएको मैले हुँदै होइन, २०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन, निष्कासन गरेपछि नयाँ पार्टी बनाइयो, रियलाइजेसन भएपछि फर्केर आइयो, अहिले पनि पहिला बोलाएको बेला जानु पर्दथ्यो जान सकिनँ’, उनले भने ।
पार्टी फुट्न लागेको बेला आफूले केपीलाई साथ दिनु पर्ने भए पनि केपीले साथ नै नखोजेकाे उनले बताए । ‘तपाईँले साथ नै खोज्नु भएन, मैले कसरी साथ दिने ?’, गौतमको प्रश्न थियो ।
सबै अनुभवले केपी ओलीको खुट्टा तान्न र ढाल्नको लागि आफू एमालेमा आउन लागेको नभई उनलाई सघाउन आउन लागेको गौतमले बताए । ‘तपाईँले जति उपलब्धि हासिल गर्नुभएको छ, त्यो भन्दा बढी उपलब्धि हुने गरी म आउँछु’, गौतमले ओलीलाई भने ।
आउने २०८४ को निर्वाचनमा एमालेले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाउन आफूले ओलीलाई सुझाव दिएको गौतमले बताए । आफूले फेरी पार्टी फुटाउँछ कि भन्ने डर लाग्छ भने आफूसँग अरू कोही मानिस राखिदिन गौतमले ओलीलाई आग्रह गरे । ‘नमर्दासम्म मैले काम गर्न पाउनुपर्छ, मरेपछि कम्युनिष्ट पार्टीको झण्डा ओढ्न पाउनु पर्छ, मेरो कुरा यत्ति हो’, गौतमले भने।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन