पोखरामा लागु औषधसहित एक महिला पक्राउ

पोखरामा लागु औषधसहित एक महिला पक्राउ

Untitled-1

पोखरा । कास्की प्रहरीले अवैध लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपा गाउँपालिका– ६ रुपाकोट बस्ने २६ बर्षीया बर्ष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएको सोमबार साँझ करिब ६ बजे लागुऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा –१७ छोरेपाटनमा सवारी चेकजाचँ गर्ने क्रममा गुरुङलाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट लागुऔषध डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

उनलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १२ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds