सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds