गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित

गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित

पूर्वन्यायाधीश सिजापतिको निधन

Supreme_Court_sarbochcha_adalat_sarbocha

पोखरा । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि यीसहित सबै स्थगित भएको हो ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतविरुद्ध कांग्रेसका सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो । रिटको सुनुवाई न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको थियो ।

तर, प्रशासनिक कार्यहरु भने निरन्तर चलेको सर्वोच्चले जनाएको छ । कोशीका अपदस्थ मुख्यमन्त्री केदार कार्की पनि रिट दर्ता गर्न सर्वोच्च पुगे । सुनुवाई नभए पनि रिट भने दर्ता भयो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds