बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds