पोखरा । पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।
उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ (तमु मुन), उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १/१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा दोहोरी साँझको सहभागिता रहेको थियो ।
फुटसल प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले अन्तरदोहोरी साँझस्तरीय फुटसल प्रतियोगिताले दोहोरी साँझका सञ्चालक, कलाकार,कर्मचारीबीच एकआपसमा भाइचाराको सम्बन्ध बढेर जाने बताए । वडाध्यक्ष गुरुङले खेलकुद उपाधिका लागि मात्र नभएर स्वास्थ्यको लागि समेत अनिवार्य रहेको बताए ।
कार्यक्रम रुपाहिल दोहोरी साँझका अध्यक्ष सुवास गुरुङको अध्यक्षता, गायक सुरेस रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा वैशाख १६ देखि पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुने
स्याङ्जाको काल्खुमा ऐतिहासिक मेला जारी, वर्षातका कारण २ खेल मात्र सम्पन्न
आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा
केपी ओली कप टी २० क्रिकेटः गण्डकी र काठमाडौं फाइनलमा
केपी ओली कप राष्ट्रिय टि२०ः फाइनलमा खेलाडीहरुको हौसला बढाउन सभामुख घिमिरे पोखरा आउँदै
केपी ओली कप टी २०ः समूह चरण सकियो, अत्तरिया सेमिफाइनलमा
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु