एलजी एशोसियसन कास्की लिग च्याम्पियन

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

image

पोखरा । बलराम केसी स्मृती कास्की जिल्ला लिग कम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ ।

पोखरा रंगशाला आइतबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो ।

एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल आशिषले नै गरे । पहिलो हाफको १७ औं मिनेटमा गोलको खाता खोलेको उनले दोस्रो हाफको २४ औं र ३९ औं मिनेटमा गोल गर्दै व्याक्तिगत ३ गोल गरे । खेलको म्यान अफदि म्याच पनि आशिष नै भए ।

उपाधी जितेको एलजीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यसैगरि उपविजेता भ्यालीलाई शिल्ड, मेडल तथा प्रमाण पत्र सहित नगद ६६ हजार ६६ सय ६६ प्रदान गरेको खेल संयोजक नर जङ्ग गुरुङले जानकारी दिए ।

प्रतियोगिताबाट एलजी एशोसियसन कायम बहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए ।

त्यसैगरि सोही क्लबकै आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने । भ्यालीका गोल किपर सृजन श्रेष्ठ उत्कृष्ट गोल किपर, एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजी कै प्रेम छन्त्याल उत्कृष्ट मिड फिल्डर चुनिएका थिए ।

विजेता टोलीले प्रदेश स्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ । तर अहिले नै एन्फाले त्यसको निर्णय गरि नसकेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल्ल रंजितले बताए ।

वैशाख १९ गतेबाट संचालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लबले भाग लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ