पोखरा । बलराम केसी स्मृती कास्की जिल्ला लिग कम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ ।
पोखरा रंगशाला आइतबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो ।
एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल आशिषले नै गरे । पहिलो हाफको १७ औं मिनेटमा गोलको खाता खोलेको उनले दोस्रो हाफको २४ औं र ३९ औं मिनेटमा गोल गर्दै व्याक्तिगत ३ गोल गरे । खेलको म्यान अफदि म्याच पनि आशिष नै भए ।
उपाधी जितेको एलजीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यसैगरि उपविजेता भ्यालीलाई शिल्ड, मेडल तथा प्रमाण पत्र सहित नगद ६६ हजार ६६ सय ६६ प्रदान गरेको खेल संयोजक नर जङ्ग गुरुङले जानकारी दिए ।
प्रतियोगिताबाट एलजी एशोसियसन कायम बहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए ।
त्यसैगरि सोही क्लबकै आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने । भ्यालीका गोल किपर सृजन श्रेष्ठ उत्कृष्ट गोल किपर, एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजी कै प्रेम छन्त्याल उत्कृष्ट मिड फिल्डर चुनिएका थिए ।
विजेता टोलीले प्रदेश स्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ । तर अहिले नै एन्फाले त्यसको निर्णय गरि नसकेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल्ल रंजितले बताए ।
वैशाख १९ गतेबाट संचालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लबले भाग लिएको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो