घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ