पोखरामा लागूऔषध खैरो हिरोईनसहित २ जना पक्राउ

पोखरामा लागूऔषध खैरो हिरोईनसहित २ जना पक्राउ

Untitled-1

पोखरा । पोखरामा लागूऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ३० खुदी बस्ने २६ वर्षीय किरण पौडेल र २४ वर्षीय वसन्तराज घिमिरे रहेका छन् ।

लागूऔषधको कारोबार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई आइतबार दिउँसो १ बजे खुदी स्थित सडक किनारमा ग११प ७७४५ नं। को स्कुटर पार्किङ गरी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ०.६२० ग्राम र मोवाईल २ थान बरामद गरेको छ ।

उनहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ