पोखरा । पोखरामा शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद अघि बढेको बताए ।
यूवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषदले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले परिषद खेलकुद विकासका लागि सबै संग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै परिषदका निवर्तमान सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले परिषदले अघि सारेको अभियान महत्वपूर्ण रहेको जनाउँदै कार्यक्रमले जिल्लाहरुमा यूवा ह्याण्डबल खेलाडी उत्पादनका लागि सहयोगी हुने बताए । उनले अबको प्रशिक्षण प्रविधिमैत्री बनाउन समेत जोड दिए ।
पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहेको प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । सहभागिहरुलाई प्रशिक्षकहरु राम बहादुर क्षेत्री, चित्र बहादुर थापा, विशाल बस्नेतलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रदेश खेलकुदका सदस्यहरु निर्मला बराल, विष्णुमायाँ गुरुङ, प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्य, कोषाध्यक्ष दिना गोतामेलगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो