पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ

पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ

pakrau

पोखरा । पोखरामा लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २९ नयाँबस्ती सुकुम्वासीटोल बस्ने वर्ष ३३ का गणेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले सोमबार दिउँसो गुरुङको घर कोठाबाट लागुऔषध गाँजा ३ के.जी. ७०० ग्राम, मोवाईल थान १ र नगद ९ हजार ७४५ रुपैयाँ फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ