पोखरा । पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरु संग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गते सम्म पोखरा मा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् ।
प्रतियोगितामा एथलेटिक्स महिलारपुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । त्यसै गरी टिम गेम्सतर्फ महिलारपुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन हुनेछन् ।
परिषदले तयारी स्वरुप गरेको छलफलमा यहि जेठ २० गते भित्र सबै खेलका छनौट खेलहरु सम्पन्न गर्ने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
सम्पन्न छलफलमा परिषदका सदस्यहरुलाई समेत प्रतियोगिता सफल बनाउन विभिन्न जिम्मेवारी समेत तोकिएको छ भने संघहरुलाई छनौट व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको व्यवस्थापनमा हुने राष्ट्रिय यू–१५ जुनियर प्रतियोगिता पहिलो पटक आयोजना हुँदैछ । प्रतियोगितामा सात प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला