पोखरा । पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह ‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् ।
बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्यो । जिभिपि युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको अन्नपूर्णले १ अङ्क जोड्यो ।
यस्तै दोस्रो खेलमा समुह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित गर्यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको मादीले १ अङ्क जोड्न सफल भयो ।
तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ्रे गुराँशसे भुमि घाचोकले शान्तिदेवि युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित गर्यो।
चौथो खेलमा समुह ‘बी’मा रहेको जिभिपि युके लण्डनले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो । जिभिपिले माछापुच्छ्रे–२ लाई २५–१४ र २५–१९ ले पराजित ग¥यो । लगातार २ खेल जितेको जिभिपि समूह ‘बी’को ५ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।
यस्तै पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ्रे गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । माछापुच्छ्रे गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित गर्यो । पहिलो खेलमा १ अङ्क जोडेको माछापुच्छ्रेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ्रे गाउँपालिका भलिबल संघ ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ ।
यस्तै छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित गर्यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अङ्कसहित शिर्षस्थानमा रहेको छ ।
यस्तै आज नै भएको सातौं खेलमा शान्तिदेवि युथ क्लब शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित गर्यो । शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको माछापुच्छ्रे गाउँपालिका–२ ले १ अङ्क जोड्यो ।
यस्तै आज नै भएको आठौं खेल अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गुराँशसे भुमि घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ ।
९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
उनका अनुसार ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु