पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा बिहीबारदेखि कास्की जिल्ला स्तरिय तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको छात्रतर्फ भएको उद्घाटन खेलमा बाराही माविले जनप्रिय माविलाई पराजित गरेको छ । किडासा फाउण्डेशनको सहयोगमा शुरु प्रतियोगिताको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियललाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा उनले किडासाले विद्यालय स्तरिय क्रिकेट आयोजना गरेर नवप्रतिभाशालि खेलाडी उत्पादनमा योगदान पुर्याएको बताए ।
किडासाका कार्यक्रम एनालिष्ट कृपासु निरौलाले विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरुभित्र उर्जा प्रदान गराउनका लागि किडासाले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगितालाई निरन्तरता प्रदान गर्नका लागि जिल्ला तथा प्रदेश क्रिकेट संघ तथा सरोकारवालाले सहयोग गर्नुपर्ने औंल्याए ।
आयोजक समितिका अध्यक्ष बविन कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश क्रिकेट संघका सदस्य देवेन्सन प्रजु, राखेप गण्डकीका सदस्य ऋषिराम गौतम किडासाका कार्यक्रम संयोजक सचिन शाक्य लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । आगामी १७ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पोखराको मालेपाटन खेल मैदान, अम्मरसिंह खेल मैदान, लेखनाथ र पोखरा रंगशालामा सञ्चालन हुनेछन् । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ १६/१६ विद्यालयको सहभागिता रहेको छ । सहभागि टिमलाई ४ समुहमा विभाजन गरि खेलाइएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो