पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।
पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो ।
महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनकाअनुसार पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख रूपैयाँ बराबरको बीमा आयोजकले गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०/५०, ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चौँथो र पाँचौ हुनेले क्रमश : १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ । उपाधिसहित खेलाडीलाई १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र दिइने सदस्य सचिव खड्काले बताए ।
प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ कि वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् । स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको उनको भनाइ थियो ।
समितिका अध्यक्ष दीपकबहादुर गोदारले आफूहरूले यो दोस्रो राष्ट्रिय प्रतियोगिता गर्न लागेको तर ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको सुनाए । ‘हामीले १० वटा ग्रासरूट प्रतियोगिता गर्यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ,’ उनले भने, ‘साइकल दौड दोस्रो राष्ट्रिय प्रतियोगिता हो । यसअघि मुआथाइको राष्ट्रिय प्रतियोगिता गरेका थियौँ ।’ जेठ १५ भित्र खेलकुद विकास समितिले चालु आर्थिक वर्षको सबै खेल गतिविधि सक्ने गरेर बाँकी रहेका खेललाई समय तालिका बनाएर खेल महोत्सव गरिरहेको उनले बताए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो