पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११ लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।
जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो ।
उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ तृतीय भएको छ ।
शनिबार भएको तेर्सो स्थानको खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले माछापुच्छ्रे गुराँसे भुमेलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
माछापुच्छ्रे गाउँपालिकाले गुराँसे भुमेलाई २५–२३,२५–२०,२१–२५ र २५–१६ ले जितेको हो ।
तेर्सो भएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले ४० हजार रुपैयाँ सहित ट्र्फि मेडल र प्रमाणपत्र र सान्त्वना भएको माछापुच्छ्रे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त गर्यो । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उदियमान जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जिभिपिका चिरण खड्का, सर्भर जनकल्याणका भुपेन गुरुङ, सेटर जिभिपिका देवेन्द्र परियार, लिब्रो जिभिपिका राजन दलार्मी मगर,स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपिका अशोक मल्ल र सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो