पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११ लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।
जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो ।
उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ तृतीय भएको छ ।
शनिबार भएको तेर्सो स्थानको खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले माछापुच्छ्रे गुराँसे भुमेलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
माछापुच्छ्रे गाउँपालिकाले गुराँसे भुमेलाई २५–२३,२५–२०,२१–२५ र २५–१६ ले जितेको हो ।
तेर्सो भएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले ४० हजार रुपैयाँ सहित ट्र्फि मेडल र प्रमाणपत्र र सान्त्वना भएको माछापुच्छ्रे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त गर्यो । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उदियमान जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जिभिपिका चिरण खड्का, सर्भर जनकल्याणका भुपेन गुरुङ, सेटर जिभिपिका देवेन्द्र परियार, लिब्रो जिभिपिका राजन दलार्मी मगर,स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपिका अशोक मल्ल र सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’