काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
बैठकमा १५८ उपस्थित थिए । उनको पक्षमा १५७ मत पर्यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले जनाए ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहे । १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए ।
विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले ।
त्यसमा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे ।
प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
केही समययता कांग्रेसले छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाएका हुन् ।
मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्याइयो
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्याइएको थियाे ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् ।
सम्बन्धित खबर
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य