सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै कांग्रेसप्रति खरो टिप्पणी गरेको छ ।
दाहालप्रति आफूहरूको विश्वास हिजोको तुलनामा अझै फराकिलो भएको उल्लेख गर्दै सत्तारुढ दलहरूका तर्फबाट दाहाललाई विश्वासको मत दिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘देशले राजनीतिक स्थायित्वको मार्गमा दृढताका साथ अगाडि बढ्ने अठोट गरेको छ । त्यो अठोटको नेतृत्व यो प्रतिनिधि सभाले गरेको छ, प्रधानमन्त्री दाहालले गर्नुभएको छ । राजनीतिक स्थायित्व कायम गर्दै देशलाई अघि बढाउने महाअभियानमा सरकारलाई साथ दिनु सबै दलको कर्तव्य हो ।’
सोमबार कांग्रेसको सदन अवरोधकै बीच प्रधानमन्त्री दाहालले विश्वासको मत सदनबाट मागेसँगै सत्तारुढ दल नेकपा एमालेले पर्दाभित्रबाट कांग्रेसले सरकारलाई कमजोर पार्ने र परिवर्तन गर्ने कोसिसमा असफल भएको उनको टिप्पणी थियो ।
‘प्रतिनिधि सभाले निर्वाचित गरेको सरकारले पूरा कार्यकाल पूरा गर्ने छ । यही अपेक्षा र विश्वासका साथमा नेकपा एमालेको साथै सरकारमा रहेका सबै दलहरूको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु’, पौडेलले भने ।
प्रतिनिधि सभामा सत्तारुढ दलबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको घोषणा गर्दै नेकपा एमाले उपाध्यक्ष पौडेलले भने, ‘पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कोसिसहरू पनि भए,’ उनले थप भने, ‘त्यो कोसिस माकुरोको जालो जसरी च्यातियो । प्रतिनिधि सभाले सरकार परिवर्तन होइन अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । सरकार परिवर्तनका निम्ति गरिएका प्रयासहरू माकुरोको जालो जसरी च्यातिएपछि स्वभाविक रुपमा त्यसका प्रतिक्रियाहरू सदनमा व्यक्त भैरहेका छन् ।’
उपाध्यक्ष पौडेलले कांग्रेस सरकार परिवर्तन गर्ने वा कमजोर पार्ने प्रयासमा असफल बनेपछि सदन अवरोधमा उत्रेको टिप्पणी गर्दै प्रश्न गरे । ‘कांग्रेसको प्रतिक्रिया पछाडिको कारणहरू हामी महसुस गर्न सक्छौँ । त्यसको अनुमान हामी गर्न सक्छौँ । बेचैनी छटपटी समस्याको समाधान होइन’, पौडेलले भने ।
उनले आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसले सदन अवरोध गर्न नहुनेमा जोड दिँदै पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यूले सदनको विश्वासका निम्ति अग्रसर हुँदा सभाको विश्वास छ भनेर विश्वासको मत लिने प्रकृयालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ?’
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण