साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ।
मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेको थियो।
दोहोरो अंकले बढेको बजारमा ३१८ स्क्रिप्सको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख८० हजार ९१२ रुपैयाँमा खरिदबिक्री भए। साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब २५ करोड र सोमबार ५ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। यो कम्पनीको सेयर ८.०५ प्रतिशतले घट्यो।
कारोबारमा आएका ८१ स्टकको मूल्य बढ्दा १६१ वटाको मूल्य घट्यो। ५ स्टकको मूल्य भने आज स्थिर रह्यो। चारवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक भने नकारात्मक देखिएका छन्।
बैंकिङ,डेभलपमेन्ट,होटल्स एण्ड टुरिजम र म्यु्चुअल फण्डको सूचक सकारात्मक देखिएका अन्य समूहको उपसूचक भने राताम्मे देखिएका छन्।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन