पोखरा । पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३/३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् ।
बुधबार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्ति निकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।
यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्ति निकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गरेको थियो ।
बास्केट बल तर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।
एसइई २०८० मा सहभागी भएका विद्यार्थीहरू बिच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फसै बहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरे ।
फुटबल तर्फ विजेता र उप विजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबल तर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो