काठमाडौं। चिनियाँ गाडी काई एक्स–३ प्रो नेपाली बजारमा भित्रिएको छ। नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले काई एक्स–३प्रो नेपालमा भित्र्याएको हो।
बुधबार चेरीको सब–ब्रान्ड काई एक्स–३प्रोको मूल्य सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार गाडीको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ। यो गाडी ४.४ मिटर लामो एसयूभी हो। चौडाइ १.८ मिटर र उचाइ १.६ मिटर रहेको गाडीको ह्वीलबेस २ हजार ६३२ एमएमको छ।
यो गाडीको मोटर पावर १२० किलोवाट क्षमताको छ भने पिक पावर १६३ पीएस र टर्क २८० एनएमको छ। यसमा ५३.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
यसमा ३६० प्यानोरोमिक क्यामेरा, डबल १०.२५ इन्चको एलसीडी स्क्रिन, एलइडी इन्ट्रिग्रेटेड हेडलाइट, स्पोर्ट इन्टेरियर तथा न्यू इनर्जी भेहिकल डिजाइनलगायत सुविधा छन्।
लक्ष्मी ग्रुपले लामो समयदेखि कोरियन ब्रान्डका गाडी बिक्री गर्दै आएको छ। उसले इन्धन र विद्युतीय दुवै गाडी बेच्दै आइरहेका बेला चिनियाँ गाडीसमेत भित्र्याएको हो।
यही ब्रान्डको गाडी नेपाल भित्र्याउन आरआर ग्रुपले पनि सम्झौता गरिसकेको छ। उसले एक महिनाभित्र नेपाल ल्याउने घोषणा यसअघि नै गरिसकेको छ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु