पोखरा । टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो ।
प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकाली २५ ओभर खेल्दै आठ विकेट गुमाएर एक सय आठ रन जोडेको थियो । एक सय नौ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङका लागि मैदान उत्रेको अकला २१.३ ओभरमा अल आउट हुदै जम्मा एक सय पाँच रनमा समेटिन पुगेको थियो ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनी २१.१ ओभर खेल्दै १० विकेट गुमाएर ८३ रनमा समेटिन पुगेको थियो । ८४ रनको झिनो लक्ष्य पाएको बाराहीले ११.३ ओभर खेल्दै पाँच विकेट गुमाएर ८८ रन जोड्दै लक्ष्य पुरा गरेको थियो ।
प्रतियोगितामा बाराहीका नितेश गिरी उत्कृष्ट बलर, विन्ध्यवासिनीका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र बाराहीका आदित्य थापा म्यान अफ दि सिरिज घोषित भएका थिए ।
यस अघि प्रतियोगिताका लागि पहिलो चरणमा ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार टिम तयार गरिएको आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । जिल्ला स्तरिय प्रतियोगितापछि गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएकोले सम्पन्न प्रतियोगिताबाट १४ जना खेलाडी छनौट हुने सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’