पोखरा । टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो ।
प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकाली २५ ओभर खेल्दै आठ विकेट गुमाएर एक सय आठ रन जोडेको थियो । एक सय नौ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङका लागि मैदान उत्रेको अकला २१.३ ओभरमा अल आउट हुदै जम्मा एक सय पाँच रनमा समेटिन पुगेको थियो ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनी २१.१ ओभर खेल्दै १० विकेट गुमाएर ८३ रनमा समेटिन पुगेको थियो । ८४ रनको झिनो लक्ष्य पाएको बाराहीले ११.३ ओभर खेल्दै पाँच विकेट गुमाएर ८८ रन जोड्दै लक्ष्य पुरा गरेको थियो ।
प्रतियोगितामा बाराहीका नितेश गिरी उत्कृष्ट बलर, विन्ध्यवासिनीका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र बाराहीका आदित्य थापा म्यान अफ दि सिरिज घोषित भएका थिए ।
यस अघि प्रतियोगिताका लागि पहिलो चरणमा ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार टिम तयार गरिएको आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । जिल्ला स्तरिय प्रतियोगितापछि गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएकोले सम्पन्न प्रतियोगिताबाट १४ जना खेलाडी छनौट हुने सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला