पत्रकार महासंघ कास्कीको इ–लाइब्रेरीः पठन संस्कृति विकास गर्ने अपेक्षा

पत्रकार महासंघ कास्कीको इ–लाइब्रेरीः पठन संस्कृति विकास गर्ने अपेक्षा

FNJ-Kaski-Librery-udghathan-Photo-3

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापना गरिएको पत्रकार पुस्तकालय (इ–लाइब्रेरी) तथा स्रोत केन्द्र उद्घाटन गरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले शुक्रबार आयोजित समारोहमा उक्त पुस्तकालय समुद्घाटन गरे । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इँट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृति विकासमा महासंघ कास्कीले स्थापना गरेको यो पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

‘पुस्तकालयबाट पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्नलायक बनेको छ । अब यसको सदुपयोगको कामना गर्दछु,’ उनले भने । उनले जसरी मानिसको ३ मिनेटसम्म श्वासप्रश्वास बन्द भए मृत्यु हुन्छ, त्यस्तै प्रेस स्वतन्त्रबिना लोकतन्त्र बाँच्न नसक्ने बताए ।

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पुस्तकालय स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रता आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण सावित हुने उनले बताए ।

महासंघ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले केन्द्रले गर्न नसकेको काम कास्की शाखाले गरेको भनी प्रशंसा गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पूरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाँती रहेको सुनाए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेकोप्रति उनले खुसी व्यक्त गरे ।

महासंघ शाखा अध्यक्ष विमला भण्डारीले इ–लाइब्रेरीले कास्कीसहित गण्डकी प्रदेशकै पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा स्थापना गरिएको उनले जानकारी गराइन् ।

पुस्तकालयमा मार्टिन चौतारी, इन्सेक, प्रेस काउन्सिल, त्रिवि केन्द्रीय पुस्तकालय, एनव्याब्सन कास्की लगायतले पुस्तक सहयोग गरेका छन् । उद्घाटन अवसरमा सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सहसचिव रेम बिकले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ