पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबारै शपथ राएका छन् । उनी पाण्डेको पहिलो कार्यकालमा समेत उपाध्यक्ष थिए ।
दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा पिएचडी गरेका देवकोटा हाल ग्लोबल इन्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज (जिआइइएस) मा रिसर्च फेलो हुन् । उनी गोरखाको पालुङटार नगरपालिका ३ निवासी हुन् ।
विकास योजना, विपद् व्यवस्थापनका साथै विपद मैत्री विकासका ज्ञाता डा. देवकोटा कम उमेरमा पिएचडी गर्नेमा पर्छन् । उनले २९ वर्षको उमेरमा पिएचडी गरेका हुन् । केही समय कोरिया सरकारकै मातहतमा रहेका काम गरेका उनी स्विस कम्पनीमा विपद व्यवस्थापन विज्ञका रुपमा आबद्ध थिए ।
गण्डकी प्रदेशको समृद्धिका लागि विपतमैत्री विकास योजना निर्माण गरेर कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारलाई प्राथमिकतामा राखेर आफूले यसअघि काम गरेको र त्यसै अनुसार अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।
असार १ गते प्रदेश सरकारले संसदमा बजेट पेस गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । नीति तथा योजना आयोगले बजेट अगावै मध्यमकालीन खर्च संरचना पनि तयार गर्नुपर्छ । यी सबै कामका लागि नीति तथा योजना आयोगमा नियुक्तिलाई मुख्यमन्त्रीले प्राथमिकतामा राखेका हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ