पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबारै शपथ राएका छन् । उनी पाण्डेको पहिलो कार्यकालमा समेत उपाध्यक्ष थिए ।
दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा पिएचडी गरेका देवकोटा हाल ग्लोबल इन्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज (जिआइइएस) मा रिसर्च फेलो हुन् । उनी गोरखाको पालुङटार नगरपालिका ३ निवासी हुन् ।
विकास योजना, विपद् व्यवस्थापनका साथै विपद मैत्री विकासका ज्ञाता डा. देवकोटा कम उमेरमा पिएचडी गर्नेमा पर्छन् । उनले २९ वर्षको उमेरमा पिएचडी गरेका हुन् । केही समय कोरिया सरकारकै मातहतमा रहेका काम गरेका उनी स्विस कम्पनीमा विपद व्यवस्थापन विज्ञका रुपमा आबद्ध थिए ।
गण्डकी प्रदेशको समृद्धिका लागि विपतमैत्री विकास योजना निर्माण गरेर कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारलाई प्राथमिकतामा राखेर आफूले यसअघि काम गरेको र त्यसै अनुसार अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।
असार १ गते प्रदेश सरकारले संसदमा बजेट पेस गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । नीति तथा योजना आयोगले बजेट अगावै मध्यमकालीन खर्च संरचना पनि तयार गर्नुपर्छ । यी सबै कामका लागि नीति तथा योजना आयोगमा नियुक्तिलाई मुख्यमन्त्रीले प्राथमिकतामा राखेका हुन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’