१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

1569133662gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ४० हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ