कास्की । पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।
सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।
उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण गरिनेछ ।
यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो ।
पुरुषतर्फको फाइनल आइतबार हुने
प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् ।
यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ ।
विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ