घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ