सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले) को दलले ऐतिहासिक क्लीन स्वीप गरेको छ ।
विधान सभा चुनावको आइतबार सार्वजनिक परिणाम अनुसार पीएसको दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधानसभाका ३२ मध्ये ३१ सिट जितेको छ ।
प्रचण्ड बहुमतसहित ऐतिहासिक जित दर्ता गरेपछि पीएसले नेपाली भाषीसमेत उल्लेख्य रहेको सिक्किममा एकछत्र सरकारको नेतृत्व गर्ने भएका छन् ।
पीएसको दल एसएकेएमले प्रचण्ड बहुमत हाँसिल गर्दा उनीसँगै मुख्यमन्त्रीको दौडमा रहेका पवन चाम्लिङले शर्मनाक हार ब्यहोरेका छन् ।
चाम्लिङको दल एसडीएफले केबल १ सिट मात्रै जितेर विधान सभामा उपस्थिति बनाउन सफल भएको छ ।
तर पूर्वमुख्यमन्त्री चाम्लिङका लागि यो चुनाव बिर्सनलायक बनेको छ । चाम्लिङ आफैंले पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै सिटमा नराम्रो पराजय भोगेका छन् ।
चाम्लिङले पोकलोक विधान सभा क्षेत्र र नामचेबोङ विधान सभा क्षेत्रमा पराजय भोगेका हुन् । ती दुवै क्षेत्रमा पीएस गोलेको दलका उम्मेदवारले बाजी मारेका छन् ।
उता पीएस गोलेले भने अहिलेसम्मकै फराकिलो मतसहित विधानसभासँगै मुख्यमन्त्रीको कुर्सी पनि फेरि पक्का गरेका छन् ।
पीएसले पवन चाम्लिङको दलका उम्मेदवारलाई ७३ सय ९६ मतको फराकिलो अन्तरले हराएका हुन् । यो अन्तर सन् २०२४ को विधानसभा चुनावको सबैभन्दा फराकिलो हो ।
पीएसले उनको विधानसभा क्षेत्र सोरेङ चाकुङमा १० हजार ४८० मत ल्याउँदा उनका प्रतिस्पर्धी केबल ३ हजार ८४ भोटमा समेटिएका छन् ।
चाम्लिङको पार्टीबाट चुनाव जित्ने एक मात्र उम्मेदवार तेन्जिङ नोर्बु लाम्था हुन्। उनी पनि गोलेकै पार्टीका नेता थिए। चुनावमा टिकट नपाएपछि उनले दलबदल गरेका थिए।
भविष्यमा उनले पनि चाम्लिङको साथ छाडे भने आश्चर्य मान्नु पर्दैन। त्यसो भयो भने सिक्किम विपक्षीविहीन हुनेछ। एजेन्सी
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन