जेठ २५ र २६ गते प्रदेश स्तरिय चौंथो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

जेठ २५ र २६ गते प्रदेश स्तरिय चौंथो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

445375914_3341348159493175_7213374604924170046_n

पोखरा । यहि जेठको अन्तिम हप्ता प्रदेश स्तरिय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताहुने भएको छ ।

प्रदेश खेल्कुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ के.जी तौल समुहमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो, रातो कलर वेल्ट तथा प्रथम, दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुनेछ ।

तनहुँ, बाग्लुङ, कास्की, पर्बत, स्याङ्जा, नवलपुर, लमजुङ लगायत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन् । प्रत्येक सहभागी जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरी २ सय ५० भन्दा बढीको सहभागिता हुनेछ ।

प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपूर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाश चन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।

कार्यक्रम प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर सरमाले उद्धघाटन गर्नेछन् भने औपचारिक समापन भिमाद नगरपालिकाका प्रमुखद धिराज सुवेदीले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ