पोखरा । यहि जेठको अन्तिम हप्ता प्रदेश स्तरिय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताहुने भएको छ ।
प्रदेश खेल्कुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढा मगरले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ के.जी तौल समुहमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो, रातो कलर वेल्ट तथा प्रथम, दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुनेछ ।
तनहुँ, बाग्लुङ, कास्की, पर्बत, स्याङ्जा, नवलपुर, लमजुङ लगायत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन् । प्रत्येक सहभागी जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरी २ सय ५० भन्दा बढीको सहभागिता हुनेछ ।
प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपूर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाश चन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।
कार्यक्रम प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर सरमाले उद्धघाटन गर्नेछन् भने औपचारिक समापन भिमाद नगरपालिकाका प्रमुखद धिराज सुवेदीले गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला