सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

Gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख ४१ हजार ५०० कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ