‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]

सुरेशले ल्याए 'साइलो नरमाइलो'

‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]

'भ्रष्टाचारको भूमरीमा अल्मलेकाहरु, चुनाव जित्ने भन्दा के छ मिसन अरू ?'

जन बलमा देशले सबै व्यवस्था फेर्‍यो तर जनताकै अवस्था फेरिएन । एक जना राजाको ठाउँमा सयौं राजा आए । गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, अहँ केही भएन । हुँदै भएन ।

जुन तन्त्र आएपनि शासकलाई नै भयो, नेता र उसका आसेपासे, नातागोतालाई मात्र भयो । जनताले फरक महसुस गर्नै सकेनन् । बुढाबुढी भइसकेका बाआमा, कलिला छोराछोरी, प्राणप्यारी जहान् छाडेर धन कमाउन खाडी जानुपर्ने बाध्यता घटेन ।

नेपाली समाजको यसै तीतो यथार्थलाई टपक्कै टिपेर साइलो नरमाइलो गीत ल्याएका छन् धादिङे सर्जक सुरेश बानियाँले ।

स्वयं सुरेश नै धेरै वर्ष विदेश भासिएर नेपाली लोकसंगीत मोहले स्वदेश फर्किएका सर्जक हुन् । धेरै अघि लोक संगीतमा लागेका उनी विदेश भासिन बाध्य बने । लोकसंगीतको नशामा डुबेका उनी धेरै अडिन सकेनन् फर्किए र संघर्षरत छन् ।

सुरेशका सहोदर भाइ राजकुमार बानियाँ, जो दशकौँ यसै लोकसंगीतमा लागे । अन्ततः उनी पनि विदेशिन बाध्य भए । दशक बढी समय दिनरात नभनी संघर्ष गरी  देशकै माटो छोएर बस्छु भनेर बाँच्न सकेनन् । आफ्नो र पारिवारिक भोगाइले पनि सुरेशले यो गीत सबैसामू पस्कन उत्साहित बने ।

सामाजिक घटनापरक गीतलाई मन छुने तरिकाले प्रस्तुत गर्ने खुबी भएका सुरेश अहिले एरेन्जमा पनि जमेका छन् ।

सञ्जीवनी डिजिटलको प्रस्तुतिमा रहेको यस गीतमा सुरेश बानियाँकै आवाज छ । जय देवकोटा र छवि बस्ताकोटीले उनलाई साथ दिएका छन् ।
“साइलो नरमाइलो“ बोलको गीतलाई कृष्ण शताब्दिले लय तथा शब्द भरेका हुन् । गीतको म्युजिक भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । बिनोद भण्डारीले निर्देशनमार्फत् न्याय गरेका छन् ।

बिनोद भण्डारी, अनिल पौडेल र मनिषा लामाको जीवन्त अभिनयले अब्बल बनेको छ । मरुभूमि नारायणले खिचेको भिडियो मनोज कार्कीले काँटछाँट गरेका छन् ।

गीतलाई कृष्ण शताब्दी युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । गीत र भिडियो मन पराउनेमा सुरेश आशावादी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ