काठमाडौँ । सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेल खेल्ने भएका छन्।
अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।
सन्दीप खेल्ने भएपछि प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको विज्ञप्ति मार्फत् सचिव खड्काले जानकारी गराएका छन् ।
‘जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रथान भइृ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो’, विज्ञप्तिमा भनिएको छ ।
वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर
क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु