पर्वत र नवलपरासीमा दुई जना मृत फेला

पर्वत र नवलपरासीमा दुई जना मृत फेला

death body

पर्वत । पर्वत र नवलपरासी पूर्वमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–५ स्थित गोपाङघाट जाने भिरमा सोही नगरपालिका–५ गुम्बामा लेवर काम गर्ने गुल्मी चन्द्रकोट गाउँपालिका–७ घर भएका ५१ वर्षीय प्रकाश माझी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत जेठ २० गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–२ गुहेरीस्थित सारू टोलस्थित खोला किनारमा सोही गाउँपालिका–२ गुहेरी बस्ने ५५ वर्षीय धन बहादुर वयम्बु मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ