हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

pp

हेमजा । हेमजा भेट्रान्स कपको तेस्रो दिन सोमबार भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।

सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे ।

सोमबार नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोलको खाता खोलेको थियो । सोही टीमका राज कुमार गुरुङको भागमा दुई गोल पर्यो । त्यस्तै राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले एक एक गोल गरे । पोखरा ४ का दर्या जंग रानाले सान्त्वना गोल फर्काएका थिए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डले जनही नगद २/२ हजार र ट्रफी प्राप्त गर्नेछन । सोही प्रतियोगिताको क्वाटरफाईनल देखिका प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । भोलि पोखरा १२ र ६ बिच पहिलो खेल हुने छ भने दोस्रो खेल पोखरा १३ र ५ बीच हुने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ