हेमजा । हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा न.१३ लाई ३ गोलको अग्रता दिलाए । वडा न. ५ का अनिल राज कोइरालाल ५६ औं मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भए ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त