पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखा विरुद्ध १२५ रनले जित निकालेको छ ।
नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको छ भने गोरखा अंक विहिन छ ।
दुई ओभर घटाइएको मंगलबारको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले गोरखा विरुद्ध ६ विकेट गुमाउँदै १८ ओभरमा १७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले विस्फोटक पारीको सुरुवात गर्दै ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए भने सुदिप अर्यालले १५ बलमा ३ छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दिपक डुम्रेले १० र कमल परियारले १२ रन टिमका लागि जोड्दा नवलपुरले अतिरिक्त १७ रन समेत पाएको थियो ।
गोरखाका लागि बलर मेहुल श्रेष्ठले ४ ओभरमा ५३ रन दिएर ३ बिजेट लिए भने प्रशिद्ध बज्रचार्यले २ विकेट हात पार्दा सुनिल गुरुङले १ विकेट लिए ।
यता जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको गोरखा भने १५.३ ओभरमा सबै १० विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पंकज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
गोरखा लाई सस्तैमा समेट्न पवन सापकोटाले २.३ ओभरको स्पेलमा १० रन दिएर ३ विकेट लिए भने कमल परियारले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै स्विकार श्रेष्ठले २ र सुदिप अर्यालले १ विकेट हात पारे । खेलमा प्रमिश अर्याल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
बुधबारको खेलले नै घरेलु टोली कास्की संग उपाधि भिडन्तमा को पुग्ने भन्ने टुङ्गो लाग्ने भए संगै भोली हुने खेल रोचक हुने छ । समुह ‘बी’को पहिलो खेल नवलपुर र स्याङजा फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि खेल्नेछन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
आहा! रारा पोखरा गोल्डकप: सिक्किमको थन्डर बोल्टस् युनाइटेडलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा
विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन
आहा ! रारा पोखरा गोल्डकप: साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
आहा ! रारा पोखरा गोल्डकप: मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार सेमिफाइनलमा
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिग हुने
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति