पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्याकिङ राउण्डमा कास्कीले बर्चश्व कायम गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो ।
पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थान बनाउँदा एक अंकले पछि रहेका कास्कीका सुमन गुरुङ ६०३ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यसै गरी महिला रिकर्बतर्फ समेत कास्कीका तीन खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेका छन् । कास्कीकी अनुष्का शेरचनले ६१३ अंकका साथ पहिलो स्थान बनाएकी छन् । त्यस्तै रोजिना थापा मगर ५८५ अंकका साथ दोस्रो र कृषा गुरुङ ५७२ अंकका साथ तेस्रो स्थानमा रहेकी छन् ।
यस्तै प्रतियोगिता अन्तर्गत स्टाण्डर्ड पुरुषतर्फ कास्कीका तीन खेलाडी पहिलो, दोस्रो र तेस्रो स्थानमा कायम रहन सफल भएका छन् । कास्कीका गणेश तिलिजा ३२७ अंकका साथ पहिलो, नगेन्द्र थकाली ३२४ अंकका साथ दोस्रो र होम पगेनी ३२२ अंकका साथ तेस्रो स्थानमा रहेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जनाएका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गण्डकीको आर्चरी खेलले प्रदेशको खेलकुदमा उत्कृष्ट कार्य गरेको जनाउँदै प्रदेश सरकार यस प्रकारका खेलहरुको प्रवर्द्धन गर्न प्रतिवद्ध रहेको जनाए । उनले गण्डकी प्रदेशको खेलकुद विकासका लागि धेरै कार्यहरु गर्न बाँकी रहेको जनाउँदै आगामी दिनमा योजनावद्ध रुपमा मन्त्रालयले ति कार्यहरु पुरा गर्न प्रयास गरिने बताए ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद विकल शेरचन, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, आर्चरीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, अग्रज समाजसेवी मिन बहादुर शेरचनलगायतको सहभागिता रहेको थियो ।
भोली शनिबार ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की गरी ६ जिल्लाले सहभागिता जनाएका छन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला