नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने भएका छन् । उनले महासचिव घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्।
बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।
भुसाल अगाडि बढ्ने भएसँगै खनाल ब्याक भएका छन् । अब नेकपा एसको अध्यक्षका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । डल्लुमा युवा नेताहरू पनि पुगेका थिए । आइतबार र साेमबार खनालनिकट सचिवालय सदस्यहरू र युवा तथा विद्यार्थी संगठनका अगुवाहरूले एक जना मात्र मैदानमा उत्रिनुपर्ने दबाब दिएका थिए ।
‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’
तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’
यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।
सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्। त्यसमध्ये अधिकांश निर्वाचित भइसकेका छन्। केही जनसंगठन र भूगोलका प्रतिनिधिको निर्क्यौल हुन बाँकी छ।
महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको रस्साकस्सी पनि चुलिँदै गएको छ। अध्यक्ष नेपालसहित नेताहरूले सहमतिमार्फत् नेतृत्व चयन गर्ने भने पनि प्रतिस्पर्धाको वातावरण बन्दै गइरहेको छ।
भूसाल समूहतर्फ महासचिवलगायत महत्वपूर्ण बाँकी पदहरूमा को-को उम्मेदवार रहने भन्ने छलफल हुन बाँकी रहेको एक नेताले बताए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण