पोखरा । केन्पोकाई मार्शल आर्ट खेलको राष्ट्रिय प्रतियोगिता पोखरामा हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नेपाल केन्पोकाई संघ गण्डकी प्रदेशको व्यवस्थापनमा छैटौं सस्करणको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता यहि असार १५ गते शनिबारका दिन पोखरा रंगशालामा सञ्चालन हुने केन्पोकाईका मुख्य प्रशिक्षक नाराज खड्का (हरि)ले जानकारी दिएका छन् । प्रतियोगिता एक दिन अगावै सुरु हुने भए पनि मुख्य प्रतिस्पर्धा भने असार १५ गते हुने छ ।
पोखरामा आयोजना हुने प्रतियोगितामा ५ प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगितामा सुदुर पश्चिम, लुम्बिनी, बागमती, कोशी र आयोजक गण्डकीका खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ विभिन्न ९ वटा तौल समुह र महिलातर्फ ७ वटा तौल समुहमा प्रतिस्पर्धा गराइने तयारी भएको मुख्य प्रशिक्षक खड्काले बताए ।
प्रतियोगितामा महिला र पुरुषतर्फ गरी करिव २ सय खेलाडीहरुको जमघट पोखरामा हुने भए पछि व्यवस्थापनलाई चुस्त बनाइएको छ । बिजेता टिम तथा खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने छ ।
विश्वभर खेलीने केन्पोकाई खेल आत्मरक्षाका लागि उत्कृष्ट खेलको रुपमा लिइने गरिन्छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह