पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ ।
पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा तृतिय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०–३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्य, प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापती, पोखरा उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कबड्डी संघका केन्द्रिय सदस्य विन्दु थापा, निराजन श्रेष्ठ, गण्डकी कबड्डी संघका सचिब हरि जिशीलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो