पोखरा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्याउने छुट नभएको बताएका छन् ।
शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अबको निर्वाचन मार्फत एमालेले एकल बहुमतका साथ आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्ने बताए ।
‘अब गल्ती दोहोर्याउने छुट छैन । अब हामी एक्लै कसैको पनि बैसाखी नटेकिकन मुलुकको नेतृत्व गर्न चाहन्छौं । समेट्ने कुरा सबैको होला, हामी अरुलाई पनि समेटौला, तर एमाले एक्लै आफ्नो खुट्टामा उभिनसक्ने बन्नुपर्छ’ उनले भने ।
एमालेले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्ने संकल्प गरेकोले जननेता मदन कुमार भण्डारीलाई सम्झदै त्यो संकल्प पूरा गर्नका निम्ति सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘एमाले आफ्नै असमझदारीका कारण आफ्नै खुट्टामा अल्झिएर धेरैं ठाउँमा लडेको छ, यो स्थितिलाई अन्त्य गर्नुपर्छ’ उनले भने ।
विगतमा पार्टीमा चुनौतीको सामना गर्न खोज्नेको जमात बढी हुने गरेपनि पछिल्लो समय आफूले टिकट पाए ठीक नपाए असहयोग गर्ने, अन्तरघात गर्ने विपक्षीहरुसँग मिल्ने जस्ता खालका कामहरु हुने प्रवृत्ति देखा परेको उपमहासचिव ज्ञवालीको गुनासो थियो ।
पछिल्लो ३ वर्ष एमाले विरुद्ध घेरावन्दी भएपनि गएको फागुन २१ गतेदेखि त्यसलाई तोडेर एमाले राजनीतिको केन्द्रविन्दुमा आइपुगेको भन्दे अब आफ्नै खुट्टामा एकल बहुमतका साथ उभिने परिस्थिति निमार्णमा जुट्नुपर्ने बताए । चुम्बक बलियो भयो भने फलामका कणहरु आफै खोज्दै–खोज्दै आइपुग्ने भन्दै उनले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको चुम्बकको रुपमा स्थापित गर्नुपर्ने बताए ।
‘सहकार्य विचार मिल्दा गरिएला । तर, भोलि नै पार्टी एकता हुन्छ कि ? भोलि नै वामपन्थी एकता हुन्छ कि, भोलि नै हिजो जस्तो नेकपा बन्छ कि ? यो कुनैपनि अन्यौलमा नपरीकन आफ्नो पार्टीलाई बलियो बनाउँ ।’ उनको आग्रह थियो ।
वर्तमान समिकरण भत्काउन अनेक खालका प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने उनको ठोकुवा थियो ।
२०८४ को निर्वाचनसम्म यहीं रुपमा रहेर संगठन विस्तार गर्दै राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको रुपमा अगाडि बढ्ने गरी नेकपा एमालेले संकल्प गरेको उनले खुलाए ।
‘त्यो निर्णायक शक्ति बन्ने भनेको खाली बहुमत पाउन कसैलाई प्रधानमन्त्री, कसैलाई मन्त्री बनाउन होइन, देश बदल्नका लागि हो । समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ती हो’ उनले प्रष्ट्याए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीका विचारको अध्ययन गरेर सोही अनुसार आफ्नो कार्यशैलीमा सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका कमिटी इन्चार्ज कृष्ण थापा, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलिप न्यौपाने, वर्तमान उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना र सचिव सुशील बस्नेतले बोलेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो