काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि हल्लामा सत्यता नभएको बताए ।
सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष ओलीसँग छलफल भएको जानकारी दिइन् ।
‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । प्रधानमन्त्रीले केहि ब्रिफिङ गर्नुभयो । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।
मन्त्रीलाई बालकोट बोलाएको छैन : एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रस्ट पारेको छ । अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ’, बालकोटले भनेको छ, ‘तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ । –सचिवालय ।’
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन