बढ्यो सुनचाँदीको मूल्य बढ्यो

बढ्यो सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ