पोखरा । गण्डकी प्रदेश सभाको सोमबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । आर्थिक मामिला मन्त्री टकराज गुरुङले पेश गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सभामुख कृष्णप्रसाद धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरे । त्यसअघि अर्थमन्त्री गुरुङले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
सोमबार नै आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रदेश सभा सदस्य देवका पहारीले उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, बेदबहादुर गुरुङले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, निर्मला थापाले मुख्यमन्त्री कार्यालय खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
एमालेकै भीमबहादुर कार्कीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पदम जिसी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय, श्यामराज महतले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आर्थिक मन्त्रालयमा सीताकुमारी सुन्दासले खर्च कटौती प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुको प्रस्ताव सोमबारको बैठकमा निर्णयार्थ प्रस्तुत भएको थियो । विपक्षी सांसदले राखेका सबै खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।
सदनमा अर्थमन्त्री गुरुङले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उनले अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइएको जिकिर गरे । सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटमा भौतिक पूर्वाधारतर्फत ३० लाख, सिंचाइ र खानेपानीतर्फ १० लाखभन्दा कमको योजना विनियोजन नगर्नेे बताए पनि पाँच लाखको योजना पनि हालिएको भन्दै आलोचना भएको छ ।
सांसदहरुले वितरणमुखी बजेट ल्याइएको र असमान वितरण भएको आरोप लगाएका छन् । भौतिक पूर्वाधार, सिंचाइ तथा खानेपानीका क्षेत्रमा पनि ५ लाखभन्दा कमका योजना छुट्याइएको भन्दै सांसदहरूले आलोचना गरे ।
त्यसअघि विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् कार्यालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र कृषि तथा भूमि मन्त्तालयसँग सम्बन्धीत शीर्षकमा उठेका प्रश्नको जवाफ दिएका हुन् ।
असार १ गते अर्थमन्त्री गुरुङले सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट पेश गरेका थिए । चालु आर्थिक वर्षको भन्दा यो बजेट झण्डै ४५ करोड कम हो । आगामी वर्षको बजेट चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण