पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।
महानगरको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड ८१ लाख छुट दिइएको विषयमा समाचार बाहिरिएको थियो । यस सम्बन्धमा तीव्र आलोचना भएपछि सो निर्णय बदर गरेर महानगर आफैले छानविन समिति बनाएको जनाएको छ ।
महानगरपालिकाको २०७९ चैत १० मा बसेको १६ औं बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो ।
महालेखाको २०७६/७७ को प्रतिवेदनले मणिपाल अस्पतालले बनाएका भवनको नक्सा पास र जरिवानासहित २१ करोड ५७ लाख ११ हजार ७९८ रूपैयाँ राजस्व असुल गर्न भनेको थियो ।
२०७९/८० को महालेखाको प्रतिवेदनले पनि मणिपाललाई भारी छुट दिइएकोमा प्रश्न उठाएपछि यो विषय बाहिर आएको थियो ।
यस विषयमा मणिपाल शिक्षण अस्पतालले भने कुनै गल्ती कमिकमजोरी नगरेको बताएको छ । मणिपालले महानगरकातर्फबाट समयमै भवन निर्माणको सम्पन्नताको प्रमाणपत्र प्राप्त नहुँदा यो समस्या बढ्दै गएको जनाएको छ । अस्पतालले नियमपूर्वक तिर्नुपर्ने सबै राजश्व तिरेको जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो