नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला केही घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।
‘हामीले कांग्रेसको समर्थनमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न समाननीय प्रधानमन्त्रीलाई मंगलबार नै आह्वान गरिसकेका छौँ’, उनले भने, ‘उहाँले मार्ग प्रशस्त गर्ने सम्भावना देखिएन । नयाँ राष्ट्रिय सरकार निर्माणमा अघि बढ्न हाम्रा मन्त्रीहरूले राजीनामा दिएर समर्थन पनि फिर्ता लिने काम आजै भइसक्छ ।’
एमालेबाट सरकारमा रहेका सबै मन्त्रीलाई राजीनामा गराइसकेपछि सरकालाई दिएको समर्थन पनि फिर्ता लिइने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।
तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराउँदै छ ।
सम्बन्धित खबर
बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी