विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ कांग्रेस ८४ सम्म प्रतिपक्षमै बन्छ भन्नु भएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’
प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने उनले बताए । थापाले आफू सरकारमा नजाने सङ्केत गरे । ‘म महामन्त्री छँदै छु नि,’ तपाई गृहमन्त्री हुने भन्ने सुनिएको छ नि भन्ने संचारकर्मीको प्रश्नमा उनले जवाफ दिए ।
यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनले बताए । ‘हामी सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो,’ उनले भने ।
दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही सङ्ख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरूले यो सांसदबाटै खबरदारी गर्ने उनले बताए । वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रचण्डले मार्ग प्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन